आज देशभर थप १०५ जनामा कोरोना पुष्टि, २७२ जना संक्रमणमुक्त « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आज देशभर थप १०५ जनामा कोरोना पुष्टि, २७२ जना संक्रमणमुक्त


२३ माघ २०७७, शुक्रबार


काठमाडौँ । आज शुक्रबार देशभर थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २७२ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसंगै कोरोना भाइरस संक्रमणमुक्त भई डिस्चार्ज हुनेको कुल संख्या २ लाख ६७ हजार ५६४ पुगेको छ ।

त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसहित कोरोना भाइरस संक्रमणबाट हाल सम्म मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याकंमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस