गृहमन्त्रीको अभिव्यक्तिप्रति रावलले भने : पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुस्स्वप्‍न देखे « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गृहमन्त्रीको अभिव्यक्तिप्रति रावलले भने : पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुस्स्वप्‍न देखे


२३ माघ २०७७, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल-नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाह बन्ने दुस्स्वपन देखेको बताएका छन् ।

नेता रावलले आज (शुक्रबार) ओली समुहको आम सभालाई सम्बोलन गर्दै गृहमन्त्री राम बहादुर थापाको चितवनमा लगेर थुन्ने अभिव्यक्ति प्रति आक्रोसित हुदै सामाजिक संजालमा प्रधानमन्त्री ओलीले निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुस्स्वप्‍न देखेको बताएका हुन् ।

शुक्रबार आयोजित आमसभामा ओली नेतृत्वको सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री थापाले मांसाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको चिडियाखानामा लगेर थुन्ने बताएका थिए ।

उनले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरूद्ध आन्दोलन गर्नेहरूलाई जाउलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रम ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुस्स्वप्न देखिरहनु भएको पुष्टि हुन्छ । निरंकुशतन्त्र ढल्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस