संवैधानिक इजलासमा प्रधानन्यायाधीशले तोके सरकारी वकिललाई समय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संवैधानिक इजलासमा प्रधानन्यायाधीशले तोके सरकारी वकिललाई समय


२३ माघ २०७७, शुक्रबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटनका बहसमा वकिलका लागि समय तोकोका छन् । आइतबार देखि विघटन मुद्दामा बहस गरिरहेका सरकारी वकिलका लागि समय तोकिएको हो ।

प्रतिनिधिसभा विघटनरिटमा वकिलले बहसका लागि बढीमा १५ मिनेट मात्रै पाउने भएका हुन्। संसद विघटनको मुद्दाको सुनवाइका क्रममा शुक्रबार प्रधानन्यायाधीश जबराले आइतबारदेखि सरकार पक्षका बाँकी चार वकिललाई एक घण्टामा बहस सक्न भनेका हुन्।

जबराले शुक्रबारको इजलास अन्त्य गर्दै प्रधानमन्त्रीको तर्फबाट पनि धेरै जना वकिलको बहस रहेको जानकारी गराउदै आइतबारदेखि १० देखि १५ मिनेटमा सक्नुपर्ने बताएका हुन् ।

विघटनको मुद्दामा सरकारको तर्फबाट शुक्रबार लोकराज पराजुली, खेमराज ज्ञवाली, संजीवराज रेग्मीले बहस गरेका छन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस