मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा बन्द गरिन्छ : गृहमन्त्री थापा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा बन्द गरिन्छ : गृहमन्त्री थापा


२३ माघ २०७७, शुक्रबार


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर बन्द गरिने चेतावनी दिएका छन् ।

शुक्रबार केपी शर्मा ओलीपक्षले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै उनले मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडिया खानामा लगेर बन्द गरिने बताएका हुन् ।

केही दिनअघि अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा नेकपा ‘दाहाल–नेपाल’ समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शाकाहारी आन्दोलनले नपुग्ने भन्दै युवाहरुलाई आक्रामक आन्दोलन गर्न निर्देशन दिएका थिए।

त्यसको जवाफ दिँदै गृहमन्त्री समेत रहेका ओलीपक्षीय नेता बादलले मांसाहारी आन्दोलन गर्छु भन्नेहरुलाई चिडियाखानामा थुन्ने चेतावनी दिएका हुन्।

उनले अहिलेको असाधारण परिस्थिति दाहाल–नेपाल समूहले निम्त्याएको आरोप पनि लगाए।
उनले मांसाहारी आन्दोलनलाई संविधान र कानूनले अपराध मानेको बताउँदै उनले देश निर्वाचनमा होमिएको घोषणा गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस