ग्रीन लाइफ हाइड्रोको आईपीओ बिक्री खुल्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ग्रीन लाइफ हाइड्रोको आईपीओ बिक्री खुल्यो


२३ माघ २०७७, शुक्रबार


काठमाडौँ । ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बिक्री खुला भएको छ । आज माघ २३ गते देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३५ लाख ९६ हजार ४ सय कित्ता आईपीओ बिक्री खुल्ला गरेको छ । यसमध्ये ६९ हजार ९ सय २८ कित्ता सेयर कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ७ सय ८० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारण लगानीकर्ताले बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सेयरका लागि आवेदन दिने सक्नेछन् । यस आईपीओमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै आईपीओ बिक्री नभएमा फागुन ७ गतेसम्म बिक्री खुला हुनेछ । सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस