संवैधानिक निकायका नियुक्ती बदर गर्न माग गर्दै सर्वोच्च पुगे सभामुख « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संवैधानिक निकायका नियुक्ती बदर गर्न माग गर्दै सर्वोच्च पुगे सभामुख


२३ माघ २०७७, शुक्रबार


काठमाडौँ । संसदीय सुनुवाई बिना नै संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका लागि गरेको नियुक्ति बदर गर्न माग गर्दै सभामुख अग्नि सापकोटा सर्वोच्च अदालत पुगेका छन्।

उनी झण्डावाल गाडीसहित आफै सर्वोच्च अदालत पुगेका हुन् । सापकोटा उक्त नियुक्ती बदर गर्न माग गर्दै रिट दायर गर्ने तयारीमा रहेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।

सभामुख सापकोटाले निर्णय प्रक्रियामै असहमति जनाउँदै संसदीय सुनुवाईका लागि सरकारले पठाएको सक्कल प्रति नै फिर्ता पठाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस