अपहरण गरेर भारत पुर्‍याएका २ वर्षे बालकको ४८ घन्टापछि कुशल उद्धार « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

अपहरण गरेर भारत पुर्‍याएका २ वर्षे बालकको ४८ घन्टापछि कुशल उद्धार


२३ माघ २०७७, शुक्रबार


सिराहा । सिराहा नगरपालिका– १ रामजानकी चोकबाट अपहरण गरी भारत पुर्‍याइएका २ वर्षे बालकलाई प्रहरीले बिहीबार सकुशल उद्धार गरेको छ ।

सिराहा– १ का प्रदीप यादवका दुई वर्षीय छोरा इशान्त भन्ने प्रियान्सुलाई भारतको मधुबनी जिल्लाको खाजेडी भन्ने गाउँबाट प्रहरीले उद्धार गरेको हो । अपहरणको ४८ घन्टामै प्रहरीले यो सफलता पाएको हो ।

आफ्नै घरको आँगनमा खेल्दै गरेका दुई वर्षीय प्रियान्सुलाई एक अपरिचत व्यक्तिले डुलाउन भनेर मंगलबार साँझ अपहरण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी सुदीप राजभण्डारीले बालकलाई सकुशल उद्धार गरी परिवारजनको जिम्मा लगाइएको जानकारी दिए ।

बच्चाको कसरी सकुशल उद्धार गरियो भन्नेबारे प्रहरीले केही बताएको छैन । अनुसन्धान जारी रहेकाले अहिले सबै कुरा सार्वजनिक गर्न नमिल्ने प्रहरी अधिकारीहरूको भनाइ छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस