‘मैले एमसीसीको समर्थन गरेको छैन’ « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

‘मैले एमसीसीको समर्थन गरेको छैन’


२३ माघ २०७७, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू एमसीसीको समर्थनमा पुगको भनि गरिएको प्रचार सत्य नरहेको बताएका छन्।

शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को समर्थनमा नगएको प्रष्टीकरण दिएका हुन् ।

बिहीबार आमहड्तालका क्रममा एमसीसीविरुद्ध नाराबाजी भएपछि प्रचण्डले रोकेका थिए। त्यसै विषयलाई प्रष्ट पार्न शुक्रबार पत्रकार संग कुरा गर्दै उनले एमसीसीबारे पार्टीमा आफूहरु छलफलमै रहेको बताए।

प्रचण्डले भने, ‘एमसीसीबारे पार्टीले निर्णय गरिसकेको छैन, हामी छलफलमै छौँ।’ उनले आमहड्ताल जे का लागि थियो त्यसमै केन्द्रीत नभए निशाना कमजोर हुने भन्दै आफूले त्यसो गरेको बताए।

उनले आफूले केहीदिन अघि अमेरिकन राजदूतसँग कुरा गर्दा पनि एमसीसी परिमार्जन गर्ने सम्भावना छ कि छैन भनेर कुरा राखेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस