जनकपुर झडपका घाइतेहरुलाई काठमाडौँ पठाइयो « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

जनकपुर झडपका घाइतेहरुलाई काठमाडौँ पठाइयो


प्रशासन संवाददाता

२२ माघ २०७७, बिहिबार


जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल ससुहले आज (बिहिबार) गरेको आम हड्तालका क्रममा झडपमा परि घाइते भएकाहरुलाई साँझ विमान मार्फत् थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

दाहाल-नेपाल समूहले आह्वान गरेको देशव्यापी आमहड्तालको क्रममा जनकपुरधाममा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा परी घाइते भएका नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झासहितका नेता कार्यकर्ता घाइते भएका थिए।

प्रहरीको लाठी प्रहारबाट घाइते भएका पूर्वमन्त्री झा र पूर्वमन्त्री एवंम नेकपाका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादव सहित ४ जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको हो।

उनले पूर्वमन्त्री यादव, स्थायी समिति सदस्य रामचन्द्र झा, शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहलाई थप उपचारका लागि प्लेनबाट काठमाडौँ लगिएको हो।

 

Tags :
प्रतिक्रिया दिनुहोस