२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२० वर्षभित्र ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्छौँ : मन्त्री रायमाझी

अ+ अ-

पर्वत । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले नेपालमा आगामी २० वर्षभित्र ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी संरचना निर्माण भएको बताए । उनले विद्युत् उत्पादनभन्दा पनि खपतको समस्या रहेको बताउँदै परिमाणमा विद्युत् खपत गर्नुपर्ने ठूलो अवाश्यकता रहेको बताए ।

उनले विसं २०७२ मा ओली प्रधानमन्त्री र आफू ऊर्जामन्त्री हुँदा नेपालको ऊर्जा क्षेत्रमा विकास गर्ने गरी ९९ बुँदे गुरुयोजना बनाएको र त्यसैको जगमा उभिएर अहिले ऊर्जा क्षेत्रमा धमाधम काम भइरहेको बताए । उनले विगतमा झोलामा खोला हालेर हिँड्ने अवस्थालाई अन्त्य गरिएको बताउँदै सरकार टेक अर पे को नीतिअनुसार अघि बढेको बताए । उनले व्यवसायीले तोकिएको समयभित्र योजना सम्पन्न नगरे जरिवना गर्ने र समयभित्रै सम्पन्न गरे विद्युत् खरीद गरिदिने नीति बनाएर सरकार अघि बढेको बताए ।

अर्को प्रसङ्गमा नेकपा स्थायी कमिटी सदस्य रायमाझीले बहुमतप्राप्त प्रधानमन्त्रीलाई काम गर्न नदिएर सडकमा जानु विडम्वनापूर्ण भएको बताउँदै मुलुकको हित र रक्षाका लागि ताजा जनादेशमार्फत अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, तत्कालीन संविधानसभा सदस्य कल्पना चापागाईँ, पूर्वसांसद पदम गिरी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायतले सम्बोधन गरेका थिए ।

सो अवसरमा प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुश्मा-दाना सबस्टेशन र प्रसारण लाइन आयोजनाका बारेमा जानकारी गराएका थिए । विसं २०७३ जेठ १७ गते शुरु भएको योजना गत जेठ १८ मा सम्पन्न हुनुपर्नेमा केही ढिलाइ भएको छ । आयोजनाको अझै तीन प्रतिशत काम सम्पन्न गर्न बाँकी छ । कालीगण्डकी प्रसारण करिडोर आयोजना निर्माणका लागि जेभी अफ टाटा प्रोजेक्ट एण्ड चिन्ट इलेक्ट्रिक कम्पनीले जिम्मा पाएको थियो ।