मुलुकलाई संविधानसम्मत् हिडाउन आमहड्ताल : नेतृ श्रेष्ठ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुलुकलाई संविधानसम्मत् हिडाउन आमहड्ताल : नेतृ श्रेष्ठ


प्रशासन संवाददाता

२२ माघ २०७७, बिहिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समुहकी नेतृ शशी श्रेष्ठले मुलुकलाई संविधानसम्मत् ढंगले अगाडी हिडाउनको लागि आमहड्ताल गरिएको बताएकी छन् ।

नेतृ श्रेष्ठले नेकपाले गरेको आमहड्तालमा कोटेश्वर चोकमा सहभागी हुँदै मुलुकलाई संविधानसम्मत् ढंगले अगाडी हिडाउनको लागि आमहड्तालको आव्हान गरिएको बताएकी हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली विशिष्ट अधिकार प्राप्त व्यक्ति नभएको भन्दै ओलीको स्वेच्छाचारिता र निरंकुशताबाट बचाउनुपर्ने अवस्था आएको पनि बताइन्।

नेतृ श्रेष्ठले प्रधानमन्त्री ओलीले संवैधानिक आयोगका पदाधिकारीहरुलाई गैरसंवैधानिक हिसाबले नियुक्ति गरी संविधानलाई अर्को चुनौती दिएको बताइन् । संविधान अनुरुप मुलुक नचले देश ठूलो दुर्घटनामा जाने र समाज विभक्त भई द्धन्दमा जाने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस