जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप, नेता रामचन्द्र झा घाइते, प्रहरीद्वारा हवाइ फायर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप, नेता रामचन्द्र झा घाइते, प्रहरीद्वारा हवाइ फायर


२२ माघ २०७७, बिहिबार


जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल-नेपाल समुहले आम हड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

जनकपुर बजार बन्द गराउन हिँडेका नेकपा दाहाल–नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच जनकपुरधाममा झडप हुँदा दाहाल नेपाल समूहका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झा घाइते भएका छन्।

बजार बन्द गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरुलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो। सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट नेता झा घाइते भएका हुन्।

उनको टाउकोमा चोट लागेको नेकपा जिल्ला सचिव दीपक यादवले जानकारी दिएका छन्। नेता झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै एक दर्जन राउन्ड हवाइ फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

दाहाल-नेपाल समूहका कार्यकर्ताहरुले ना १ क ५१२ नम्बरको प्रहरीको भ्यान र ज १ च १५७० नम्बरको मालसमान ढुवानी गर्ने गाडीमा तोडफोड समेत गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस