आज पनि घट्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आज पनि घट्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ


२२ माघ २०७७, बिहिबार


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९०० तथा चाँदी तोलामा २० रुपैयाँले सस्तो भएको हो । हिजो सुन तोलामा ६०० र चाँदी ६० रूपैयाँले सस्तो बनेको थियो ।

बुधबार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ९१ हजार १०० मा किनबेच भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९० हजार ६०० कायम भएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ कायम भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस