बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड


२२ माघ २०७७, बिहिबार


चितवन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् ।

बन्दकर्ताले ना ३ ख ३९३, ना १ क १४३५ र ना ८ ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्द कर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका हुन् ।

यस्तै टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस