बुधबारसम्म देशभर १ लाख ४५ हजार बढीले लगाए कोरोना खोप « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बुधबारसम्म देशभर १ लाख ४५ हजार बढीले लगाए कोरोना खोप


२१ माघ २०७७, बुधबार


काठमाडौँ। कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको आठौँ दिन बुधबारसम्म देशभर १ लाख ४५ हजारभन्दा बढीले खोप लगाएका छन् ।

प्रथमिकताका आधारमा लगाइएको यस खोप पहिले फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मी सुरक्षा कर्मी साथै अन्य लक्षित वर्गलाई लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख ४५ हजार ८४४ जना लक्षित वर्गले खोप लगाएको जानकारी दिएका हुन् ।

प्रदेश १ मा २० हजार १५५, प्रदेश २ मा १९ हजार ६६३, बागमती प्रदेशमा ५० हजार ७५०, गण्डकी प्रदेशमा १६ हजार ४९५, लुम्बिनी प्रदेशमा २१ हजार ४५४, कर्णाली प्रदेशमा ७ हजार ३२६ र सुदूरपश्चिम प्रदेशमा १० हजार १ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस