संवैधानिक निकायका नवनियुक्त पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संवैधानिक निकायका नवनियुक्त पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट


२१ माघ २०७७, बुधबार


high court

काठमाडौँ । वुधबार सपथ लिएका संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरुलाई कामकाज रोक्न माग गर्दैै सर्वोच्च अदालतमा रिट दायर भएको छ । विभिन्न संवैधानिक निकायमा नियुक्त प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् ।

अधिवक्ता त्रिपाठीले संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउनआज (बुधबार) सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

त्रिपाठीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश नै संविधानविपरित रहेको दावी गर्दै सरकारले ल्याएको अध्यादेशले संविधानको धारा २,८३, २८४ र २९२ को बर्खिलाप भएको उल्लेख छ । रिटमा परिषदका ६ मध्ये ३ जना बसेर निर्णय गर्न नमिल्ने र संसदीय सुनुवाईबिनै ती आयोगहरुमा नियुक्तिको परिकल्पना संविधान नगरेको उल्लेख छ ।

रिटमा आदेश माग गर्दै त्रिपाठीले भनेका छन्ः ‘२०७७ मंसिर ३० गतेको संवैधानिक परिषद्को निर्णय प्रतिषेधको आदेशद्वारा कार्यान्वयन नगर्नु र सो मितिको सिफारिस एवं निर्णयको आधारमा संवैधानिक आयोगमा नियुक्त, सपथ ग्रहण तथा पदभार ग्रहण गरी कुनै कार्य नगर्नु नगराउनु ।’

 

Tags :
प्रतिक्रिया दिनुहोस