पुटिनका गम्भीर आलोचक नाभाल्नीलाई सढे ३ वर्ष जेल सजाय « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पुटिनका गम्भीर आलोचक नाभाल्नीलाई सढे ३ वर्ष जेल सजाय


एजेन्सी

२१ माघ २०७७, बुधबार


रुस । लगातारको बिस्तारित विरोध प्रदर्शनका बाबजुद रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई जेल सजाय भएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनका गम्भीर आलोचक नाभाल्नीलाई निलम्बित सजायका शर्तहरु उल्लंघन गरेको अभियोगमा मस्कोको एक अदालतले साढे तीन वर्षको जेल सजाय सुनाएको हो ।

गएको महिना जर्मनीबाट रुस फर्किए लगत्तै नाभाल्नीलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो । त्यसको विरोधमा लगातार नाभाल्नीका समर्थकले प्रदर्शन गर्दै आएका छन् ।

गएको अगस्टमा उनीमाथि नर्भ एजेन्ट अट्याक (विष दिएर मार्ने प्रयास) भएको थियो । त्यसपछि नाभाल्नीलाई उपचारका लागि जर्मनी लगिएको थियो ।

पाँच महिनापछि स्वदेश फर्किएका उनलाई लगत्तै पक्राउ गरिएको थियो । नाभाल्नीका समर्थकले गरेको प्रदर्शनमा प्रहरीले ज्यादती गरेको भन्दै विश्वभरबाट आलोचना हुँदै आएको भए पनि रुसी सत्ताले त्यसको वास्ता गरेको छैन ।

मस्कोमा अदालती प्रक्रिया चलिरहेका बेला नाभाल्नीका समर्थकहरु जम्मा भएका थिए । अदालती सुनुवाईको क्रममा नाभाल्नीले राष्ट्रपति पुटिनले नै आफ्नो हत्या गर्ने मनसायले विष दिएको आरोप लगाए । उनले पुटिनलाई ‘विष दिने व्यक्ति’ भनेर सम्बोधन गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस