२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले गरिन् उपप्रधानमन्त्री पोखरेलसँग शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । नेपालका लागि संयुक्त अधिराज्यकी राजदूत निकोला पोलिटले मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेल समक्ष शिष्टाचार भेट गरेकी छिन् ।

भेटका क्रममा उपप्रधानमन्त्री पोखरेल र राजदूतपोलिटले नेपाल र संयुक्त अधिराज्यबिच रहेको मित्रता र द्विपक्षीय सहयोगका विविध पक्षका सम्बन्धमा छलफल गरेका छन् ।

सो क्रममा उपप्रधानमन्त्रीले नेपाल र संयुक्त अधिराज्यबिच दुई शताब्दीदेखिको महत्त्वपूर्ण र निरन्तर सम्बन्ध रहेको चर्चा गरे । भेटको अवसरमा राजदूतबाट नेपालले जोखिममा रहेका आफ्ना नागरिकका लागि सुरु गरेको कोभिड–१९ विरुद्धको खोप अभियानको सराहना गर्दै नेपाललाई यस अभियानमा सहयोग गर्न संयुक्त अधिराज्य इच्छुक रहेको जानकारी गराइन् । उनले नोभेम्बर २०२१ मा संयुक्त अधिराज्यको ग्लासगोमा हुन गइरहेको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा नेपालको सक्रिय सहभागिता रहने विश्वाससमेत व्यक्त गरेकी छिन् ।

उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरी सम्बन्धित मन्त्रालयहरू मार्फत सो रोगको नियन्त्रण, रोकथाम र उपचारका लागि चालेको अभियानले रोग पहिचान र नियन्त्रण प्रभावकारी भएको बताउँदै संयुक्त अधिराज्यबाट नेपालको विकासमा भइरहेको सहयोग र कोभिड–१९ को उपचारका निमित्त सहयोग गर्ने प्रतिबद्धताका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे ।

उनले जलवायु परिवर्तन नेपालको पनि प्राथमिकतामा रहेको जानकारी गराउँदै सन् २०१८ मा पोल्यान्डमा भएको सम्मेलनमा राष्ट्रपतिको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको जानकारी गराए ।