फागुन १२ देखि २० औं सत्याग्रह सुरू गर्ने डा. केसीको घोषणा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

फागुन १२ देखि २० औं सत्याग्रह सुरू गर्ने डा. केसीको घोषणा


प्रशासन संवाददाता

२० माघ २०७७, मंगलबार


काठमाडौँ । डाक्टर गोविन्द केसी फागुन १२ देखि २० औं सत्याग्रह सुरू गर्ने घोषणा गरेका छन् ।

चिकित्सा शिक्षा सुधार क्षेत्रका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले आज एक प्रस विज्ञप्ती जारी गर्दै फागुन १२ देखि अनसन बस्ने घोषणा गरेका हुन्।

मंगलबार जारी विज्ञप्ति अनुसार आगामी तीन सातामा माग पूरा नभएमा २०७७ फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरू गर्ने उनले घोषणा गरेका हुन्।

प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरिनुपर्ने र विधि र प्रक्रिया मिचेर अवैध रूपमा गरिएका संवैधानिक निकायहरूमा नियुक्तिका सिफारिस तत्काल रद्द गरियोस् भनेर उनले दुई बुँदे माग अघि सारेका छन्।

‘अख्तियारलगायतका संवैधानिक निकायहरूलाई निष्पक्ष रूपमा सबै भ्रष्ट व्यक्तिहरूमाथि आवश्यक छानबिन र कारबाही गरी आफ्नो संवैधानिक दायित्व निभाउन आग्रह गर्दै कुनै व्यक्ति विशेषको प्रतिशोध साँध्ने हतियार नबन्न खबरदारी पनि गर्न चाहन्छौं’, डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ’, उनले भने,‘यो अवस्थामा आगामी कैयौँ पुस्ताका नेपालीहरूको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरू गर्ने निर्णय गरेका छौं। आगामी तीन सातामा हाम्रा मागहरू पूरा नभएमा २०७७ फागुन १२ गतेदेखि सत्याग्रह सुरू गर्ने घोषणा गर्दछौ ।

Tags :
प्रतिक्रिया दिनुहोस