२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीका पाँच स्थानीय तहमा सौर्य प्रर्णालीबाट विद्युत् उत्पादन हुँदै

अ+ अ-

मान्म । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौँले कर्णालीका पाँचवटा स्थानीय तहमा सौर्य विद्युत् प्रणालीको जडान गर्न थालेको छ । केन्द्रको अनुदानमा स्थानीय तहको स्वामित्व रेखदेख गर्ने गरी सौर्य विद्युत् प्रर्णाली जडान गर्न लागिएको हो ।

केन्द्रले कर्णालीका पाँचवटा स्थानीय तहमा तीन महिनाभित्र सौर्य विद्युत् प्रणाली जडान गर्न लागेको हो । जुम्लाको गुठीचौर गाउँपालिका-२ मुरेली गाउँमा ५०, तिला गाउँपालिका–६ को पोखरी गाउँमा ५०, मुगुको सोरु गाउँपालिका–६ सोरुकोटमा ६०, बारेकोट गाउँपालिका–५ को लिम्सामा १७० र कालीकोटको रास्कोट नगरपालिका-९ फुकोटमा ७५ किलोवाट सौर्य प्रणालीबाट विद्युत् उत्पादन गर्ने तयारी केन्द्रले थालेको हो ।

गुठीचौरमा सौर्य विद्युत् उत्पादन गर्न ३५ लाख, तिलामा ३३ लाख, सोरुमा ३५ लाख, रास्कोटमा ५० लाख र बारेकोटमा ९५ लाख रकम विनियोजन भएको केन्द्रले जनाएको छ । केन्द्रले ९० र स्थानीय तहले १० प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले बताए । ‘बोलपत्रका लागि सूचना आह्वान भइसकेको छ । तीन महिनाभित्र सौर्य प्रणाली जडान हुन्छ’, उनले भने, “सौर्य विद्युत् प्रणालीले नगरपालिकाभित्रका सबै घरधुरीमा उज्यालो हुनेछ ।’

विद्युत्को राष्ट्रिय प्रसारण केन्द्रसँग नजोडिएको कर्णालीका सौर्य ऊर्जाबाट विद्युत्को पहुँच वृद्धि गर्ने उद्देश्यले केन्द्रको सहयोगमा सौर्य प्रणालीबाट विद्युत् जडानको सम्झौता भएको र त्यसैअनुसार निर्माणको काम पनि अगाडि बढेको जुम्ला गुठीचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल प्याकुरेलले बताए । ‘यसभन्दा अगाडि नै केन्द्रसँग गाउँपालिकाले सम्झौता गरेको थियो’, उनले भने ।