चुनाव घोषण गरेको मितीबाट एक दिन पनि पर सर्दैन : प्रधानमन्त्री ओली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चुनाव घोषण गरेको मितीबाट एक दिन पनि पर सर्दैन : प्रधानमन्त्री ओली


१९ माघ २०७७, सोमबार


धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव घोषण गरेको मिती भन्दा एक दिन पनि पर नसर्ने बताएका छन् । सोमबार ढल्केबरमा विद्युत्को सब–स्टेसन उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मध्यावधी निर्वाचन तोकीएकै समयमा हुने बताएका छन् ।

उनले चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेकाले धनुषामा वैशाख १७ गते नै चुनाव हुने दाबीसमेत गरे । उनले भने, चुनावको तयारीमा लागिहाल्नुस । तोकिएकै समयमा चुनाव हुन्छ । एकदिन पनि पर सर्दैन ।’ ‘धनुषाको यो क्षेत्रमा वैशाख १७ गते नै चुनाव हुन्छ,’

प्रधानमन्त्री ओलीले फरक प्रसंग निकाल्दै राम्रा र नयाँ कामका लागि परम्परा तोड्नु नराम्रो नभएको पनि बताए । ‘पशुपतिमा १ सय ४१ किलोको सुनको जलहरी हालिदिने भनेपछि परम्परा बिग्रने भयो भनेर केही मिडियाले लेखे,’ उनले भने,‘चाँदीकै हाल्नुपर्थ्यो । सुनको हाल्नुहुन्न, परम्परा बिग्रिन्छ रे । म त्यस्तालाई सोध्न चाहन्छु, तपाईंको बुवा पण्डित तपाईँ किन पत्रकार हुनुभयो ? पण्डितै भएको भए पो परम्परा बाँच्थयो । मेरो बुवा प्रधानमन्त्री थिए र म प्रधानमन्त्री भएँ । नयाँ कामका लागि परम्परा भत्काउनुपर्छ ।’

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारीसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसधा विघटन गर्दै बैशाख १७ र२७ गते मध्यावधि निर्वाचनको घोषण गरेकी छन् ।

प्रतिनिधिसधा विघटन पश्चात दुई समुहमा विभाजित नेकपा हाल सम्म कुन समुह आधिकारीक भन्ने टुङ्गो लागेको छैन । आधिकारीकता विवाद कयमै रहेको र प्रतिनिधिसधा विघटन असंवैभानिक रुपमा भएको भन्दै सर्वोच्च अदालतमा परेको रिट सुनुवाइको अवस्थामा रहेका बेला प्रभानमन्त्री ओलीले चुनाव तोकिएकै समयमा हुने बताउदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस