धादिङको सिम्लेमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

धादिङको सिम्लेमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु


प्रशासन संवाददाता

१९ माघ २०७७, सोमबार


धादिङ । धादिङको सिम्लेमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

चितवनबाट रड बोकेर काठमाडौँतर्फ आइरहेको लु २ ख २७० नम्बरको ट्रकले सिमेन्ट बोकेको ना ६ ख ६४६५ नम्बरको ट्रकलाई सोमबार बिहान साढे ३ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा रड बोकेको ट्रकमा सवार दुईजनाको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएका एकजनाको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ । मृतकको सनाखत नभइसकेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस