महिला लघुवित्तले ४ लाख कित्ता आईपीओ निष्काशन गर्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महिला लघुवित्तले ४ लाख कित्ता आईपीओ निष्काशन गर्दै


१९ माघ २०७७, सोमबार


काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ ।

संस्थाले माघ २८ गतेदेखि सर्बसाधारणको लागि साधारण सेयर (आईपीओ) बिक्रि खुला गर्ने भएको हो । संस्थाले सोमबार आह्वान पत्र जारी गर्दै २८ गतेदेखि आईपीओ जारी गर्ने जानकारी दिएको छ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको ४ लाख कित्ता सेयर विक्री गर्न लागेको हो । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म छिटोमा फागुन २ गते र ढिलोमा फागुन १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

हाल महिलाको लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ । आइपीओपछि पुँजी १० करोड पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण अनुसार यसको रिजर्भमा १४ करोड ७७ लाख रुपैयाँ छ । यस अवधिमा महिलाले १ करोड ९८ लाख ८५ हजार खुद नाफा कमाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस