२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिगानाको सुन्तला चैतमा व्यापार गर्ने

अ+ अ-

बलेवा । कोरोना महामारी नभएको भए यतिबेला सिगानामा सुन्तला उत्सव हुन्थ्यो । किसान र उपभोक्ताको साक्षात्कार हुने सुन्तला उत्सव सिगानाको सुन्तलाको बजारीकरणको राम्रो माध्यम हो । यो वर्ष किसानले उत्सव लगाएर सुन्तलाको बजारीकरण त गर्न पाएनन् तर यामको फलबाट आम्दानी भने भित्रिरहेको छ ।

सुन्तला गाउँका रुपमा परिचय कमाएको बागलुङ नगरपालिका–८ सिगानाका किसानलाई यतिबेला सुन्तलाको फसल लिन भ्याइनभ्याइ छ । बोटमै आउने व्यापारी र गाउँछेउका उपभोक्तालाई सुन्तला तौल गरेर बिक्री गर्दा दिन बित्ने गरेको किसान बताउँछन् ।

यतिबेला चिसो बढ्दै छ । सुन्तलाको गुणसमेत चिसो भएकाले बगानमा पुग्ने जो कोहीले किसानलाई गर्मी मौसमका लागि सुन्तला राख्न सुझाउँछन् । किसान टोपबहादुर खड्का भन्छन्, ‘धेरै सञ्चित गरेर राख्ने ठाउँ छैन् थोरैथोरै राखेका छौँ ।’ टोपबहादुरको आफ्नै शीतभण्डार छ । अहिले बगानबाट प्रतिकिलो ५० रुपैयाँमा बिक्री भएको सुन्तला दुई महिना मात्रै सुरक्षित राख्न सके चैत–वैशाखको समयमा तीन गुणा बढी मूल्य पर्ने उनले सुनाए ।

उनी जस्तै सुन्तला फलाएका किसान सबैले आफ्नै लगानीमा शीतभण्डार बनाउन सक्दैनन् । पछिल्लो पटक गणेश व्यावसायिक कृषि सहकारीले किसानलाई शीतभण्डार बनाउन सहयोग गरेको छ । दुई वर्ष पहिला गण्डकी प्रदेश सरकारले यहाँ शीतभण्डार निर्माणका लागि रु ३० लाख अनुदान दिएको थियो ।

सरकारको अनुदान, किसानको श्रमदान र वडा कार्यालयको थप सहयोगमा २० टन क्षमताको सुन्तला चिस्यान केन्द्र निर्माण भएको स्थानीय किसान गणेश थापाले बताए । ‘यो त सानो भण्डार हो, यहाँ सुन्तला धेरै फल्छ’, थापाले भने, “सबै सुन्तला सुरक्षित राख्ने गरी यस्ता ५/६ वटा चिस्यान केन्द्र बनाउनु पर्छ ।’ सिगानामा बनेको चिस्यान केन्द्रले धेरै थोरै किसानलाई सघाएको छ ।

गत वर्ष चिस्यान केन्द्रमा राखिएको झण्डै ८ टन सुन्तला कुहिएर गयो । विद्युत्मा आइरहने समस्याका कारण सुन्तला कुहिएको किसान सुरेन्द्र खड्काले बताए । ‘वैकल्पिक व्यवस्था नहुँदा बिजुली जाँदा चिस्यान केन्द्र तातेर सुन्तला कुहिए’, खड्काले भने, ‘यो वर्ष थोरै राखेर सुरक्षित गर्ने योजनामा छौँ ।’ किसानले समस्या बताएपछि बागलुङ नगरपालिकाले वैकल्पिक ऊर्जाको प्रबन्ध गर्न थालेको छ ।

रु छ लाख खर्चेर जेनेरेटरको व्यवस्था गरेको नगरप्रमुख जनकराज पौडेलले बताए । ‘हामी सिगानमा सात वर्षमा दुई लाख सुन्तलाका बिरुवामा फलाएर आठ अर्ब रुपैयाँ भित्र्याउने लक्षमा छौँ’ पौडेलले भने,’किसानको अवश्यकता पूरा गर्न सधैं तयार छौँ ।’ चिस्यान केन्द्रमा राखिएको सुन्तला पोखरा, चितवन र बागलुङ बजारलगायतका स्थानमा गर्मी समयमा बिक्री हुने गरेको छ ।

गत वर्ष सिगानाका सुन्तला किसानले दुई करोड रुपैयाँ भित्र्याइका थिए । चिस्यान केन्द्रमा राखिएका सुन्तला कुहिँदा किसान मर्कामा परे । यो वर्ष उत्पादनमा कमी आएकाले चिस्यान केन्द्रमार्फत महँगोमा बेच्ने दाउमा उनीहरु छन् । ‘एउटै चिस्यान केन्द्रले हामीलाई आशावादी बनाएको छ’, खड्का भन्छन्, ‘अझै ठूलो परिणाममा सुन्तला राख्न सक्ने चिस्यान भए, फलेकामध्ये आधा सुन्तला गर्मी मौसममा बिक्री हुन्थ्यो ।’

यस वर्ष १० टन सुन्तला चिस्यान केन्द्रमा राखिएको किसानले बताए । वडा कार्यालयमार्फत तीन वर्षको अवधिमा २८ हजार सुन्तलाका बिरुवा रोपिएको छ । ती बिरुवामा फल लाग्दा थप चिस्यानको आवश्यकता पर्ने वडाध्यक्ष राजन जिसीले बताए । वडा कार्यालयले प्रत्येक वर्ष किसानलाई १० हजार सुन्तलाका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको छ । सुन्तला लगाउँदा गुमेको कृषिउपज बराबरको रकमसमेत नगरपालिकाले दिएको छ । नयाँ बिरुवाले उत्पादन दिन थालेपछि वार्षिक एक करोडका दरले सुन्तला उत्पादनमा वृद्धि हुँदै जानेछन् ।