दाहाल-नेपाल समूहले डाक्यो केन्द्रीय समिति बैठक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दाहाल-नेपाल समूहले डाक्यो केन्द्रीय समिति बैठक


१८ माघ २०७७, आइतबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल-नेपाल समुहले केन्द्रीय समिति बैठक बोलाएको छ । पुष्पकमल दाहाल र माधव नेपाल समूहले सोमबार बिहान ११ बजेका लागि बबरमहलस्थित कार्की बैङ्क्वेटमा बैठक बोलाएको हो ।

समूहका नेता लीलामणि पोखरेलका अनुसार सो विषयमा नेताहरुसँग यसअघि नै कुराकानी भएको बताएका छन् । बैठक बोलाउनुपर्छ भनेर केही दिनअगाडि नै सल्लाह भएको र सोहीअनुसार काम अगाडि बढाइएको उनले बताए ।

बैठक खासगरी संसद् विघटनविरुद्धको विरोधको समीक्षा र आगामी रणनीतिमा केन्द्रित रहने बताए ।

गत १५ गते निर्वाचन आयोगले दुवै समूह (दाहाल-नेपाल र केपी शर्मा ओली) लाई छलफलको लागि बोलाएको थियो । उक्त विषयमा दाहाल-नेपाल समूहले १८ गतेसम्मको लागि समय माग गरेकोमा ओली समूहले भने निर्वाचनसम्बन्धी थप काम अघि बढाउन माग गरेको थियो ।

दाहाल-नेपाल समूहले निर्वाचन आयोग जानु अघि आन्तरीक छलफलका लागि केन्द्रीय समिति बैठक बोलाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस