कोरोना संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कोरोना संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु


१८ माघ २०७७, आइतबार


काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ३ जनाको संक्रमणका कारण मृत्यु भएको हो । यीसहित विदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३ सय ३० जना पुगेको छ ।

संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ६ सय ९५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५५ हजार ७ सय ९३ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।

Tags :
प्रतिक्रिया दिनुहोस