श्री ५ को सरकार भनेकोमा खानेपानी मन्त्रीले मागे माफी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

श्री ५ को सरकार भनेकोमा खानेपानी मन्त्रीले मागे माफी


प्रशासन संवाददाता

१८ माघ २०७७, आइतबार


काठमाडौँ । सुर्खेतमा हिजो (शनिबार)सभामा सम्बोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ भनेका खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले माफी मागेका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले सम्बोधन गर्ने क्रममा ‘नेपाल सरकार’ भन्नु पर्नेमा भूलबस् अन्यथा भएको भन्दै क्षमा याचना गरेका हुन् ।

‘आम नेपाली नागरिक, मेरा शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखि दिनु हुन अनुरोध गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्, ‘मेरो पूरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भूलबस् ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस