हाइकु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हाइकु


१७ माघ २०७७, शनिबार


आकाशबाट
बाङ्गो पानी परेर
भयो बाछिटा

माघको चिसो
सडकको बसाइँ
टाँसियो लिसो

चौतारी मुनि
मुस्कुराएकी उनी
आँखा छोपेर

दिलको सोझो
जमानामा हो पक्का
दिमाग बोधो

आँखाको नानी
हेर्छ जानी नजानी
मीठो जवानी

अधेरी रात
मायालुको त्यो साथ
समाई हात

माघको ठण्डी
सन्तानको प्यारमा
तातेछ मण्डी

पारी पाखामा
घाँस काट्दै गरेकी
प्यारी आँखामा

धाराको पानी
बोक्दै गाग्रीमा सानी
आँखाकी रानी

वनको बाघ
हरायो होस् हवास
डर हो खास

Tags :
प्रतिक्रिया दिनुहोस