सर्वोच्च अदालतबाट विश्वलाई आश्चर्यमा पार्ने गरी संविधानको व्याख्या हुँदैन : अधिवक्ता भट्टराई « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सर्वोच्च अदालतबाट विश्वलाई आश्चर्यमा पार्ने गरी संविधानको व्याख्या हुँदैन : अधिवक्ता भट्टराई


१७ माघ २०७७, शनिबार


काठमाडौँ । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले बलपूर्वक नभई सरल र सहज तरिकाले संविधानको व्याख्या गरी प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसला गर्ने विश्वास व्यक्त गरेका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता भट्टराईले सर्वोच्च अदालतबाट विश्वजगतलाई नै आश्चर्यमा पार्ने गरी बलपूर्वक संविधानको व्याख्या नहुने तर सरल र सहज व्याख्या हुने विश्वास रहेको बताए ।

संसद् विघटनको विरुद्धमा प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक सम्पूर्ण नेपाली नागरिकहरु, प्रेस, लिगल कम्युनिटी रहेको पनि उनले बताए । संसारका कानुनविद्हरुले नेपालको घटनालाई नजिकबाट हेरिरहेकाले सर्वोच्च अदालतबाट बलपूर्वक संविधानको व्याख्या नहुने उनले उल्लेख गरे ।

संविधानको शपथ खाएर न्यायाधीश बनेका न्यायाधीशहरु संवैधानिक इजलासमा रहेकाले उनीहरुले आफूले खाएको शपथविपरीत हुनेगरी फैसला गर्छन् भन्ने कल्पनासमेत गर्न नसकिने भट्टराईको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस