एक चिनियाँ कम्पनीसहित ४ निर्माण व्यवसायी सरकारको कालोसूचीमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एक चिनियाँ कम्पनीसहित ४ निर्माण व्यवसायी सरकारको कालोसूचीमा


१७ माघ २०७७, शनिबार


काठमाडौँ । सरकारले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखेको छ । एक चिनियाँ कम्पनी सहत चार कम्पनीलाई एक बर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नमिल्ने गरी कालो सुचिमा राखिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सुजन कडेल मुख्य व्यक्ति रहेको श्रृगेश्वर ट्रेड इन्टरनेशनल काठमाडौँ, रविन्द्र गौतम र प्रदीप बुढाथोकीको आर एण्ड जी बिल्डर्स काभ्रे र राजेश कुमार श्रेष्ठको सान्यो इन्टरनेशनल प्राइभेट लिमिटेड पुतलीसडकलाई कालोसूचीमा राखेको हो ।

यसैगरी जियाङ्गसु जिआलोङ्ग इन्जिनियरिङ कन्सट्रक्सन चाइना (जेजेईसीसीएल)–पप्पु कन्सट्रक्सन तीनकुने–कोशी एण्ड न्यौपाने निर्माण सेवा नयाँबानेश्वरलाई पनि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस