विभागको २ दिने छड्केमा सिस्टम नमान्ने १९ कम्पनीलाई कारबाही « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विभागको २ दिने छड्केमा सिस्टम नमान्ने १९ कम्पनीलाई कारबाही


१६ माघ २०७७, शुक्रबार


काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजधानीका दुई स्थानमा गरेको छड्के चेकजाच गर्दा १९ कम्पनी कारबाहीमा परेका छन्।

सामान आयात गर्ने व्यवशायीले भेहिकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम-भीसीटीएस पालना नगर्ने १९ कम्पनीलाई कारबाही गरेको हो ।

उनिहरुले भीसीटीएस प्रविधी पालना नगरेको विभागको भनाई छ। विभागले एउटा कम्पनीले १० लाख, एउटालाई ६ लाख, तीनवटालाई एक एक लाख, सातवटालाई ५०/५० हजार तथा सात वटालाई २५/२५ हजार रुपैयाँ जरिवाना गरेको छ।

विभागले माघ ७ गते ढुंगेअड्डा र माघ ८ गते न्युरोडमा छड्के चेकजाच गरेको थियो। विभागले सामान ढुवानी गर्नुपूर्व ढुवानी गरिने मालसामान र त्यसलाई ल्याउने सवारी साधनको संक्षिप्त विवरण भीसीटीएसमा प्रविष्ट गर्न आग्रह गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस