निर्वाचन कसैले रोक्न सक्दैन : मन्त्री श्रेष्ठ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्वाचन कसैले रोक्न सक्दैन : मन्त्री श्रेष्ठ


प्रशासन संवाददाता

१६ माघ २०७७, शुक्रबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचन कसैले पनि रोक्न नसक्ने  बताएका छन् ।

काठमाडौँ महानगरपालिका–१४ खड्का गाँउमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँ गाउँमा चुनाव प्रचारमा लागिसकेको बताए ।

मुलुक चुनावमय भैसकेको उनको दाबी छ । उनले यो सरकारले दर्जनौँ गौरबका योजना सम्पन्न गर्दा पनि काम गर्न नसकेको आरोप लगाउनु मुर्खता भएको बताउँदै अधिकांश आयोजना यही सरकारले पूरा गरेको बताए ।

उनले करिब साढे २ वर्षको अवधिमा आफुले बलम्बुदेखि दहचोक, रामकोटदेखि भीमढुंगा लगायत सबै क्षेत्रमा विकासका दर्जनौ योजना सम्पन्न हुने कार्य भैरहेको जानकारी गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस