न्युरोडबाट स्रोत नखुलेको ३८ लाखसहित ५ जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

न्युरोडबाट स्रोत नखुलेको ३८ लाखसहित ५ जना पक्राउ


१६ माघ २०७७, शुक्रबार


पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२२, न्यूरोडबाट स्रोत नखुलेको ३८ लाख सात हजार रुपैयाँ नगदसहित पाँचजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा हुम्लाको सर्केगाड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय सञ्जय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुरको थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तमाङ र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ बस्ने २७ वर्षीय भीमसेनबहादुर तमाङ रहेका छन् ।

उनीहरुको साथबाट ३८ लाख नगदसहित २२ लाख आठ हजार १५० रुपैयाँ लेखिएका २४ थान चेकसमेत बरामद भएको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त रकम र चेक फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक पठाइने उक्त वृत्तले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस