ब्राउनसुगरसहित दुई भारतीय नागरीक पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ब्राउनसुगरसहित दुई भारतीय नागरीक पक्राउ


१६ माघ २०७७, शुक्रबार


सुरुङ्गा । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरीक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत किसनगञ्ज धनतोला पञ्चायत–१ महमारी खरुवानटोल थाना दिगल बैंक निवासी २२ वर्षीय अहमद हुसेन र सोही ठाउँका २६ वर्षीय महमद जमसेह रहेका छन् ।

झापा गाँउपालिका–४ स्थित सुकुम्बासी टोलमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ९८० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस