नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँट, ५० कित्तासम्म माग गर्ने सबैले माग बमोजिम शेयर पाए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँट, ५० कित्तासम्म माग गर्ने सबैले माग बमोजिम शेयर पाए


१६ माघ २०७७, शुक्रबार


काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले कम्पनीको आईपीओ आज बिहान १० बजे बाँडफाँड भएको हो । आईपीओ बाँडफाँटमा १० देखि ५० कित्तासम्म माग गर्ने सबैले माग बमोजिम शेयर पाएका छन् ।

बढी पाउनेले ६० कित्तासम्म शेयर पाएका छन् । विक्री प्रबन्धकका अनुसार १० देखि ५० कित्तासम्म माग गर्ने सबै आवेदकलाई माग बमोजिम शेयर बाँडफाँट गर्दा १ करोड १२ लाख १९ हजार ८० कित्ता बाँडफाँट भएको छ ।

त्यस्तै ६० कित्तादेखि २ लाखसम्म माग गर्ने सम्पूर्ण आवेदकहरुमा ५० कित्ताका दरले ५ करोड ९७ लाख २०० कित्ता शेयर बाँडफाँट गरिएको छ । यसरी बाँडफाँटपछि बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर ६० देखि २ लाख कित्तासम्म माग गर्ने सम्पूर्ण आवेदकलाई एउटै समूहमा राखी थप दश कित्ताका दरले ४ लाख ९२ हजार ७२ जनालाई शेयर बाँडफाँट गरिएको छ ।

यस आईपीओमा १४ लाख ८१ हजार २८४ जनाको आवेदन परेको थियो । कुल आवेदकमध्य ६ हजार २७६ जनाको आवेदन रद्ध भएको छ । योग्य आवेदक १४ लाख ७५ हजार ८ जनालाई बाँडफाँटमा सहभागी गराईएको थियो ।

कम्पनीले माघ २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले रू। ८ अर्ब बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।

अधिकत पूँजी रू। ४० अर्ब र जारी पूँजी रू। २० अर्ब रहेको बैंकको हाल चुक्तापूँजी रू। १२ अर्ब रहेको छ । आईपीओ पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम भएको छ । यस कम्पनीले धितोपत्र बजारको इतिहासमै सबैभन्दा बढी कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस