मकवानपुरमा यात्रुवाहक बस दुर्घटना, ३० जना घाइते « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

मकवानपुरमा यात्रुवाहक बस दुर्घटना, ३० जना घाइते


१६ माघ २०७७, शुक्रबार


काठमाडौँ । मकवानपुरको छतिवनमा यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्।

शुक्रबार बिहान मकवानपुरको घियाँलबाट हेटौँडा आउँदै गरेको ना ३ ख ३३४४ नंबरको बस बागमती गाउँपालिका ४ स्थित छतिवन तामाखोलामा दुर्घटनामा परेको हो।

३० यात्रु सवार बस दुर्घटना हुदा सबै यात्रु घाइते भएको मकवानपुर प्नहरीले जनाएको छ। दुर्घटनामा चालकसहित २२ जना सामान्य घाइते भएको र ९ जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी हात्तिसुडेले जनाएको छ।

सामान्य घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा उपचार भैरहेको र गम्भीर घाइतेलाई उपचारका लागि हेटौंडा पठाईएको हात्तिसुडे प्रहरीले जनाएको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस