प्रतिनिधिसभा विघटन मुद्दा : आज देव गुरुङको रिटमाथि अन्तिम सुनुवाइ हुँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रतिनिधिसभा विघटन मुद्दा : आज देव गुरुङको रिटमाथि अन्तिम सुनुवाइ हुँदै


१६ माघ २०७७, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ जारी छ ।

आज (शुक्रवार) नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङसहित चारजनाको निवेदनमाथि अन्तिम सुनुवाइ हुँदै छ । गुरुङसँगै निवेदन दिएका अर्का सांसद एवं अधिवक्ता कृष्णभक्त पोखरेलले बिहिबार बहस गरेका थिए । उनको बहस सकिएको छ ।

शुक्रवार कृष्णभक्त पोखरेल र वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ सहित चारजनाले बहस गर्नेछन् । सर्वोच्च अदालतमा दर्ता भएको गुरुङ समूहको निवेदन आठौँ हो ।

आइतबारबाट अधिवक्ता किर्तिनाथ शर्मा पौडेल र अमिता गौतम पोखरेलको निवेदनमाथि सुनुवाइ शुरु हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा संसद विघटन गरेकी थिईन् । संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरिएको भन्दै खारेजीको माग गरेर सर्वोच्चमा १३ वटा रिट दायर भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस