टी-१० लिग : करण र सोमपालको डेब्यू, दुवै सम्मिलित टिम विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

टी-१० लिग : करण र सोमपालको डेब्यू, दुवै सम्मिलित टिम विजयी


प्रशासन संवाददाता

१६ माघ २०७७, शुक्रबार


काठमाडौँ । युएईको टी-१० फ्रेञ्चाइज लिगमा नेपालका बलरद्वय सोमपाल कामी र करण केसीले डेब्यू गरेका छन्।

बिहीबार सुरू भएको १० ओभरको प्रतियोगितामा सोमपालले मारथा अरेबियन्सबाट डेब्यू गरेका हुन्। सोमपालले नर्दन वारियर्सविरुद्धको खेलमा २ ओभर बलिङ गर्दै २८ रन खर्चिए। कुनै विकेट लिन नसकेका सोमपालले पहिलो र अन्तिम ओभरमा बलिङ गर्ने अवसर पाएका थिए।

खेलमा मारथाले वारियर्सलाई ५ विकेटले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको वारियर्सले २ विकेटको क्षतिमा १२७ रन जोड्यो। १२८ रनको लक्ष्य मारथाले ५ विकेटको क्षतिमा पूरा गर्‍यो।

यता करण केसीले पुणे डेभिल्सबाट टी-१० लिगमा डेब्यू गरेका छन्। आजको खेलमा करण प्लेईंग ११ मा परेका छन् । यो उनको टी१० मा डेब्यू खेल हो । उनले डेकन ग्लाडियर्सविरुद्धको खेलमा १ ओभर बलिङ गर्ने अवसर पाए। उनले उनले १ ओभरमा १७ रन खर्चिएका थिए भने विकेट लिएनन्। जसमा १ चौका र १ छक्का समावेश थियो।

खेलमा करणको टिम पुनेले डेकनलाई ७ विकेटले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको डेकनले ५ विकेटको क्षतिमा १०४ रन जोड्यो।

१०५ रनको लक्ष्य पुनेले ३ विकेटको क्षतिमा ४ बल खेल्न बाँकी छदा पूरा गर्‍यो। पुणेको जितमा केनर लेविसले २८ बलमा ५७ रन जोडे।

Tags :
प्रतिक्रिया दिनुहोस