दशरथचन्द नगरपालिकामा आज सार्वजनिक विदा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दशरथचन्द नगरपालिकामा आज सार्वजनिक विदा


१६ माघ २०७७, शुक्रबार


बैतडी । सहिद दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको छ। नगरपालिकाले बिहीबार सूचना जारी गर्दै माघ १६ गते सहिद दिवस अवसरमा विदा दिने निर्णय गरेको हो।

सहिद दशरथ चन्दको जन्म घरमा विशेष कार्यक्रमको आयोजना गरि दिवस मनाइने भएकाले नगरक्षेत्रभित्रमा विदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले जानकारी दिए।

विदाको दिन नगरपालिकाभित्रका सबै शैक्षिक संस्था, वडा कार्यालय र दशरथचन्द नगरपालिकाको कार्यालय बन्द रहने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

सहिद दशरथ चन्दको जन्मघर दशरथचन्द नगरपालिका –५ बस्कोट हो। यसैबीच सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा शुक्रबार विविध कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाउने तयारी भएको प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए।

उनले भने ‘प्रतिष्ठानले २०५१ सालदेखि निरन्तर रुपमा सहिद सप्ताह मनाइरहेकोले यो वर्ष पनि जन्मघरमै कार्यक्रमको आयोजना गरेका छौ।’

सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको भवन सुन्दरखालीबाट र्‍यालीसहित सहिदको जन्मघरमा पुग्ने र त्यहाँको श्रद्धाञ्जली सभाको आयोजना गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले खेलकुद प्रतियोगिता, विद्यालयस्तरीय विभिन्न प्रतियोगिता समेत आयोजना गर्दै आएको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस