निर्वाचन आयोगले आज नेकपाका दुवै पक्षसँग छलफल गर्दै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

निर्वाचन आयोगले आज नेकपाका दुवै पक्षसँग छलफल गर्दै


१६ माघ २०७७, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगले आज नेकपाको दुवै समूहसँग छलफल गर्दैछ। आयोगले नेकपाका दुवै पक्षलाई छुट्टाछुट्टै पत्र लेखेर छलफलका लागि कार्यालयमा बोलाएको हो।

बिहान साढे ११ बजे दुवै समूहबाट पाँच/पाँच जनालाई छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

आयोगले मतदाता नामावली र निर्वाचन केन्द्रका विषयमा छलफल गर्न आफूहरुलाई बोलाएको नेकपा दाहाल-नेपाल पक्षका नेता लिलामणि पोखरेलले बताएका छन्।

पार्टी विवादको विषयमा छलफल गर्नलाई आयोगले बोलाएको होइन ? भन्ने प्रश्नमा पोखरेलले त्यसबारे आफूहरुलाई स्पष्ट नपारिएको र शुक्रबार आयोगमा गएपछि थाहा हुने बताए।

यता ओली पक्षका नेता सुवास नेम्वाङले पनि निर्वाचन आयोगबाट छलफलका लागि बोलाइएको बताए।

आयोगले पठाएको पत्रमा मतदाता नामावली र निर्वाचन केन्द्रबारे छलफल गर्ने उल्लेख भए पनि नेकपाको आधिकारिकता सम्बन्धी विवादबारे पनि छलफल हुने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस