आगामी तीन दिनको मौसम पुर्वानुमान : केही स्थानमा हिमापातको सम्भावना « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

आगामी तीन दिनको मौसम पुर्वानुमान : केही स्थानमा हिमापातको सम्भावना


१६ माघ २०७७, शुक्रबार


काठमाडौँ । मौसम पुर्वानुमान माहाशाखाले आगामी तीन दिनको मौसम सम्बन्धि जानकारी प्रस्तुत गरेको छ । आज (शुक्रबार) देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का हिमापातको सम्भावना रहेको छ।

त्यस्तै भोली (शनिबार) प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको छ।

त्सैिगरी पर्सी (आइतबार) प्रदेश न। १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको छ।

रातको समयमा प्रदेश न। १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस