साना विकास परियोजनाका लागि स्थानीय तहलाई प्रस्ताव पठाउन आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

साना विकास परियोजनाका लागि स्थानीय तहलाई प्रस्ताव पठाउन आग्रह


१५ माघ २०७७, बिहिबार


समायोजन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई साना विकास परियोजनाका लागि परियोजना प्रस्ताव पठाउँदा मापदण्डअनुसार पठाउन सूचना जारी गरेको छ ।

कतिपय स्थानीय तहहरूबाट पाँच करोडभन्दा बढी लागत अनुमान भएका परियोजना प्रस्तावहरू , परियोजनाको क्षेत्रभन्दा भिन्न क्षेत्रका परियोजना प्रस्तावहरू र समावेश गर्नुपर्ने कागजातहरूसमेत संलग्न नगरी परियोजना प्रस्तावहरू पठाइने गरेको पाइएकाले स्थानीय तहले तोके बमोजिमको ढाँचामा प्रस्ताव पठाउन मन्त्रालयले आग्रह गरेको छ ।

भारत सरकारको सहयोगमा सञ्चालित साना विकास परियोजना अन्तर्गत परियोजना छनौट तथा सञ्चालनका लागि विभिन्न स्थानीय तहहरूबाट माग भई आएका आवश्यक कागजातहरू पूरा भएका परियोजना प्रस्तावहरू सामान्य प्रशासन मन्त्रालयबाट अर्थ मन्त्रालयमार्फत भारतीय दूतावासमा सिफारिस गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस