राकेश अग्रवाल पक्राउ, उखु किसानको अझै साढे ४ करोड तिर्न बाँकी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राकेश अग्रवाल पक्राउ, उखु किसानको अझै साढे ४ करोड तिर्न बाँकी


१५ माघ २०७७, बिहिबार


काठमाडौँ। अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले बुधवार साँझ पक्राउ गरेको छ । चिनी उद्योग सञ्चालक अग्रवाललाई त्रिपुरेश्वरस्थित घरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा ठगी सम्बन्धी कसुरमा किटानी जाहेरी परेपरेको थियो । सर्लाही प्रहरीको पत्रचारकै आधारमा अग्रवाललाई बुधवार साँझ पक्राउ गरिएको काठमाडौँ प्रहरीले जानकारी दिएको छ ।

सर्लाहीका एसपी सन्तोष सिंह राठौरका अनुसार अग्रवालविरुद्ध १७ करोड रुपैयाँ माग दाबी गर्दै किसानले जाहेरी दिएका थिए । त्यसमध्ये उनले १२ करोड ६३ लाख ७२ हजार १९८ रुपैयाँ तिरिसकेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस