प्रतिभा व्यवस्थापनको अवधारणा, प्रक्रिया, विधि र रणनीति « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रतिभा व्यवस्थापनको अवधारणा, प्रक्रिया, विधि र रणनीति


१५ माघ २०७७, बिहिबार


एक्‍काइसौँ शताब्दीको सुरुवातसँगै Private Sector को Business रणनीतिमा स्थान पाएको व्यवस्थापन क्षेत्रको नवीन अवधारणकारूपमा Talent Management लाई लिने गरिन्छ । MC Kinsey and Company ले सन १९९७ मा गरेको विभिन्न कम्पनीहरूको तुलनात्मक अध्ययन प्रतिवेदनमा Talent Management शब्दको प्रयोग प्रश्चात सन् २००२ देखि यसलाई जनशक्ति व्यवस्थापनको नवीन आयामकोरूपमा छुटै र व्यवस्थितरूपमा अध्ययन र उपयोग गर्न थालिएको हो ।

व्यक्तिको अन्तर्निहित क्षमता, ज्ञान, सीप, दक्षता, बौद्धिकता अनुभव, चरित्र, धारणा आदिको समष्टि नै प्रतिभा हो । सङ्गठनको लक्ष्य र उद्देश्य हासिल गर्न सघाउने वा सङ्गठनको कार्य प्रकृतिसँग उपयुक्त माथि उल्लेख गरिए बमोजिमका गुण र विशेषता भएको जनशक्तिको खोजी, उपयोग र उचित क्षतिपूर्तिसम्मका क्रियाकलापहरूको एकीकृत रूप नै प्रतिभा व्यवस्थापन हो । विश्वविद्यालयका Topper लाई सङ्गठनमा भित्र्याउने कार्यलाई Talent Management भनेर सङ्कुचित अवधारणाकोरूपमा लिने गरेको पाइन्छ । यसबाट Topper is Talent भन्ने मान्यताको विकास हुँदै गएको छ । यसले व्यक्तिको सैद्धान्तिक ज्ञानको मात्र मापन गर्दछ । सङ्गठन सञ्चालनमा सैद्धान्तिक ज्ञान मात्र आफैमा पूर्ण हुँदैन । उपयुक्त समन्वय गर्न सक्ने क्षमता, सञ्चार कौशल, भाषागत दक्षता, विषयवस्तुप्रतिको दख्खलता, व्यक्तिगत आचरण र चरित्र, सङ्गठनको उद्देश्य, कार्यविधि र कार्य प्रक्रिया प्रति जानकार, Ethics and Moral जस्ता बहु आयामिक पक्षको विश्लेषणका आधारमा Talent Management लाई लिनुपर्दछ ।

प्रस्तुत गरिएका विशेषतायुक्त प्रतिभाको पहिचान, मूल्याङ्कन, प्राप्ति, कुशलताको व्यवस्थापन, कार्यसम्पादन, वृत्ति, क्षतिपूर्ति, सुविधा, उत्तराधिकारी योजना तर्जुमा र कार्यान्वयन जस्ता क्रियाकलापहरू Talent Management मा समावेश हुने विषयवस्तु हुन । जसरी किसानले धारिलो हतियार प्रयोग गर्दै जाँदा हतियार भुत्ते भयो भने त्यसलाई समय समयमा तिखार्दै जानुपर्ने कुरा आत्मसाथ गरेको हुन्छ त्यसरी नै Human Resource Management मा प्रखर जनशक्ति प्राप्ति गरी उसलाई समय सापेक्ष र सङ्गठनको परिवर्तित परिवेश अनुरूपका विभिन्न किसिमका तालिम तथा क्षमता विकासका क्रियाकलाप सञ्चालन गर्नुसमेत Talent Management हो । तसर्थ सङ्गठनको आवश्यकता अनुसारको जनशक्ति Identify गर्ने, Develop गर्ने, Deploy गर्ने र सङ्गठनको काममा Engage गर्ने कार्य नै यसको सार हो । यसलाई सङ्गठनमा Human Capital Management को परिष्कृतरूपमा समेत लिन सकिन्छ ।

प्रतिभा व्यवस्थापन प्रक्रिया
प्रतिभा व्यवस्थापनका लागि विभिन्न क्रियाकलापहरू शृङ्खलाबद्ध/चरणबद्ध रूपमा अवलम्बन गर्नुपर्ने हुन्छ । यसका हरेक चरणको आफ्नै किसिमको महत्त्व रहेको हुन्छ । एउटा सङ्गठनले प्रतिभा व्यवस्थापन कार्यका लागि अपनाउनुपर्ने क्रियाकलापहरूलाई तलको चित्रबाट स्पष्ट हुन सहजता प्रदान गर्दछ ।

सङ्गठनको लागि आवश्यक जनशक्ति अभावको पहिचान गर्ने, सोको कार्य विवरण तयार गर्ने, प्राप्तिको श्रोतको पहिचान गर्ने, कार्य विवरण बमोजिमको कार्य सम्पादन गर्न आवश्यक योग्यता, ज्ञान, सीप र दक्षताको यकिन गर्ने, जनशक्तिको आपूर्ति कहिले, कुन विधिबाट, कति सङ्ख्यामा, कति लागतमा गर्ने भन्ने विषयको रणनीतिक सोच तयार गर्ने कार्य Planning मा समावेश हुने विषयवस्तु हुन । सङ्गठनले उपलब्ध गराउन सक्ने मौद्रिक तथा गैर मौद्रिक सेवा सुविधा, वृत्ति विकासको अवसर, सेवाको सुनिश्चितता, बिदा तथा पारिवारिक सुरक्षा, बीमा, सङ्गठनको छवि, सामाजिक मर्यादा आदि जस्ता विषयको बारेमा उम्मेदवारलाई जानकारी गराउने तथा प्रचार प्रसार गर्ने कार्य Attracting अन्तर्गत पर्दछ भने लिखित, मौखिक, सीप परीक्षण, Aptitude Test, शारीरिक तन्दुरूस्ति आदिका माध्यमबाट उपयुक्त व्यक्ति पहिचान गरी नियुक्त गर्ने कार्यलाई छनौट भनिन्छ ।

सङ्गठनको उद्देश्य तथा लक्ष्य हासिल गर्ने जनशक्तिमा भएको वर्तमान क्षमतामा सुधार गरी परिवर्तित सन्दर्भमासमेत कार्यसम्पादन गर्न योग्य बनाउन आवश्यक तालिम, गोष्ठी, सेमिनार, अध्ययन भ्रमण, Experience Sharing, Knowledge Transfer लगायतका कार्य Developing Phase मा सम्पन्न गरिन्छ । छनौट भएको जनशक्तिमा आवश्यक दक्षता वृद्धि गरेर मात्र पुग्दैन उसले हालको सङ्गठन भन्दा राम्रो विकल्प प्राप्त गरेमा सङ्गठन छाडेर जान सक्ने सम्भावनालाईसमेत आत्मसाथ गरी सङ्गठनको काममा लगाइरहन त्यतिकै जरुरी हुन्छ ।

तसर्थ सोको लागि उसका व्यक्तिगत तथा पारिवारिक समस्याको समाधान गर्ने, Placement of Right Man In Right Place With In Right Time, उत्प्रेरणा र मनोबल बढाउने क्रियाकलाप सञ्चालन गर्ने, सङ्गठनको छविमा आँच आउन नदिने अर्थात् सङ्गठनको प्रतिष्ठा कायम गर्ने, Job Load, Performance Capacity, Skill तथा Qualification बमोजिमको सेवा सुविधा उपलब्ध गराउनुपर्ने हुन्छ । यसले जनशक्तिलाई सङ्गठनमा Retain गर्न सघाउँछ । हरेक जनशक्तिलाई I am the part of bigger whole भन्ने अनुभूति दिलाउने, Retirement Benefit उपलब्ध गराउने उत्तराधिकारी योजना तर्जुमा गर्ने जस्ता क्रियाकलापहरू Transisoning Phase अन्तर्गत सञ्चालन गर्नुपर्दछ ।

प्रतिभा व्यवस्थापन विधि
प्रतिभा व्यवस्थापनको अवधारणाको विकाससँगै यसका विभिन्न Models को प्रयोग हुँदै आएको छ । One size no fit all भनेझैँ यसको एउटै Model सर्वदा लागु हुन्छ भन्ने छैन । मानवीय स्वभाव देश, काल, परिस्थिति अनुसार फरक फरक हुने भएको र सङ्गठनलेसमेत आफूलाई परिवर्तित सन्दर्भमा अनुकूलन गराई जीवन्तता दिनुपर्ने भएकोले समय सापेक्ष Model अवलम्बन गर्नुपर्ने हुन्छ । हालको सन्दर्भमा बढी प्रभावकारी Model को रूपमा देहायको Model लाई लिन सकिन्छ ।

I. Acquire
– Employer Branding
– Recruiting and Selection
– Onboarding
II. Deploy
– Goal Setting/ Alignment
– Career Path निर्धारण गर्ने
– Learning and Development
– Performance Management
III. Devlop
– Engagement and Retaliation
– Inclusive Cuter को विकास
– Workforce Planning गर्ने
IV. Assess
– Talent Analytics
– Succession Planning and Assessment

प्रतिभा व्यवस्थापन रणनीति
प्रतिभा व्यवस्थापन एउटा कला र विज्ञान हो । उचित किसिमको प्रतिभा व्यवस्थापनका लागि केही आधारभूत रणनीति अवलम्बन गर्नुपर्ने हुन्छ । मानवीय व्यवस्थापन एउटा जटिल कार्य हो यसैको एउटा महत्त्वपूर्ण आयामको रूपमा प्रतिभा व्यवस्थापन पनि समावेश हुने भएकोले आफैमा जटिल र चुनौतीपूर्ण कार्य हो । यसको सही तवरले व्यवस्थापन गर्न सकिएन भने सङ्गठनका लागि प्रयोगमा ल्याइएका अन्य श्रोतहरू Machine, Money, Methods, Materials, Information and Technologies निश्प्रभावि हुन जान्छन् । तसर्थ यसको लागि देहायको रणनीति अख्तियार गर्नु आवश्यक हुन्छ ।

1. Detailed Job Description
समग्रमा सङ्गठनले सम्पादन गर्नुपर्ने क्रियाकलापहरूलाई सङ्गठनको संरचना बमोजिम कायम रहने विभिन्न पदका आधारमा unbundling गर्नुपर्ने हुन्छ । सो अन्तर्गत मुख्यरूपमा देहायको कार्यहरू सम्पन्न गरिन्छ ।

– Job title and location को निर्धारण
– Overall duties निर्धारण
– Required skill and qualification analysis गर्ने
– Reporting mechanism and line स्पष्ट गर्ने
– Clearing the necessary resource, tools and equipments
– Salary and benefits को निर्धारण

2. Person-Organization fit
Organization Culture मा fit हुन नसकेको व्यक्ति कामप्रति उत्प्रेरित उच्च मनोबलयुक्त र खुसी हुन सक्दैन र यसबाट सङ्गठनले उत्पादकत्व प्राप्त गर्न कठिन हुने कुरालाई ध्यानमा राखी देहायका क्रियाकलाप सञ्चालन गर्न आवश्यक हुन्छ ।

– Organization Work Culture बारेमा जानकारी गराउने,
– Work र Work Process का सम्बन्धमा सिकाउने,
– Supervisor, Peers र Subordinate बिच असल सम्बन्ध स्थापित गराउने,
– योग्यता र दक्षता अनुसारको जिम्मेवारी निर्धारण गर्ने,
– सामाजिक समस्याका सम्बन्धमा उचित ध्यान दिने आदि।

3. Collaborate, Coach and Evolve
– Constructive Feedback दिने,
– सीप र विशेषज्ञताको विकास गर्ने,
– Prepare them for the future of Organization
– Make him ready for changes
– Make able to relay or each other

4. Reward and Recognize
व्यक्तिले स्वभावैले आफूले गरेको कामको उचित पहिचान र सही मूल्याङ्कन होस भन्ने अपेक्षा राख्दछ । कतिपय अवस्थामा उत्तम कार्यबापत पुरस्कृत हुँदासमेत कामप्रति थप उत्प्रेरित भई कार्य सम्पादनमा बढोत्तरी हुन जान्छ । तसर्थ सम्पादित कार्यको उचित मूल्याङ्कन गरी वस्तुनिष्ठ तवरले Reward गर्ने र सङ्गठनको महत्त्वपूर्ण सदस्यको रूपमा Recognize गर्ने रणनीति समेत आवश्यक हुन्छ ।

5. Opportunities and Continuous Improvement
सङ्गठनले एउटा Vision तय गरेको हुन्छ । सो हासिल गर्नका लागि जनशक्तिको potentiality लाई maximize गर्न Equipped with right tools जरुरी हुन्छ भने सङ्गठनभित्र Cumulative Skill को Update, Upgrade and Upscale समेत गर्नु पर्ने हुन्छ । यसका साथै Research and reform, Learning by doing, Grab the new Technology, feedback from clients and outsiders र reform based on feedback समेत त्यत्तिकै महत्त्वपूर्ण हुन्छ ।

हरेक सङ्गठनले प्रतिभावान् जनशक्तिको आवश्यकता बोध गरेको हुन्छ । प्रतिभावान् व्यक्तिबाट मात्र छिटो छरितो रूपमा गुणस्तरीय वस्तुको उत्पादन र सेवा वितरण सम्भव हुन्छ । भुत्ते चक्कुले केरा समेत काट्दैन भनेझैँ सङ्गठनमा पनि क्षमतावान् जनशक्ति आवश्यकता पर्दछ । तसर्थ सङ्गठनको उद्देश्य हासिल गर्न सघाउन सक्ने क्षमातावान जनशक्तिको प्राप्ति गरी नियमित विकासका माध्यमबाट दक्षताको उपयोग गर्नु सङ्गठन र व्यक्ति दुवैका लागि श्रेयष्कर हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस