एक अर्ब राजस्व छली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एक अर्ब राजस्व छली


१४ माघ २०७७, बुधबार


राजश्व अनुसन्धान विभाग

काठमाडौँ । झुट्टा तथा नक्कली बीजक प्रयोग गरी फार्म सञ्चालकले एक अर्ब रुपैयाँ बढी बिगो बराबरको राजस्व छली गरेको पाइएको छ ।

राजस्व अनुसन्धान विभागका अनुसार सर्लाहीको गोडैता नगरपालिका–८ बस्ने मुख्य अभियुक्त सरोजकुमार मिश्रसहित १० जना र तिनका मतियार सातको समेत मिलेमतोमा यसरी राजस्व छली गरिएको हो ।

मिश्रलगायतको टोलीले १० वटा फार्म दर्ता गरी त्यही फार्ममार्फत बैंक खाता सञ्चालन गरेर झुटा तथा नक्कली बीजक प्रयोग गरी कारोवार गरेको विभागले जनाएको छ । उनीमाथि सामान खरिद नै नगरी नक्कली बीजक खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावट गरेको आरोप लगाइएको छ ।

अभियुक्तले राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड(क), (ख), र (छ) बमोजिम कसुर गरी गरेकाले सोही ऐनको दफा २३ अनुसार कैद सजाय माग गरिएको छ । मतियारविरुद्ध भने मुख्य अभियुक्तको आधा सजायको माग दाबीसहित मुद्दा दर्ता भएको विभागले आज एक सूचना जारी गरी जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस