२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै नेपालीलाई तीन महिनाभित्र कोरोना खोप : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अबको तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइने बताएका हुन्।

तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई खोप लगाइने जानकारी दिँदै उनले भने, ‘चाहे हामी अनुदानको रुपमा प्राप्त गरौं। जस्तो यसपल्ट प्राप्त गरेका छौँ। चाहे हामीले किन्न परोस्। सबै नेपालीलाई निशुल्क र भेदभावबिना यो खोप उपलब्ध गराइनेछ।’

प्रधानमन्त्री ओलीले माघ १८ गतेसम्म संचालन हुने यस अभियानमा सिंगो राष्ट्र एकताबद्ध भएर सफल पार्न आह्वान गरेका छन्। उनले सबै नागरिकलाई यो खोप निःशुल्क उपलब्ध हुने जानकारी दिएका छन्।

बुधबारबाट सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिँदैछ। यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिनेछ।

स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ । खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउनेछन् ।

खोप काठमाडौँका केन्द्रहरुमा आज बिहान पुर्याइने सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लाका १२ वटा हब अस्पतालहरुलाई खोप केन्द्रका रुपमा तोकेको छ । केन्द्रीय भन्डारण कक्षमा राखिएको खोप बुधबार बिहान एकैसाथ १२ वटा केन्द्रमा पठाइने छ । खोप केन्द्रका रुपमा सबै जिल्लाका हब अस्पतालहरुलाई तोकिएको छ । एउटै क्षेत्रमा पर्ने हब र स्याटलाइट अस्पतालहरुमा यिनै केन्द्रबाट खोप वितरण हुनेछ ।

कोरोनाविरुद्धको खोप लगाइने काठमाडौँमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, काठमाडौँ मोडेल अस्पताल, बागबजार, काठमाडौं मेडिकल कलेज, जोरपाटी, सशस्त्र प्रहरी अस्पताल, बलम्बु, सहिद गंगालाल अस्पताल बाँसबारी, नेपाल मेडिकल कलेज, अत्तरखेल र वीरेन्द्र सैनिक अस्पताल, छाउनीबाट कोरोना खोप लगाइने छ ।

खोप लगाएपछि सामान्य शारीरिक असर देखिए पनि नआत्तिन विज्ञहरुले सुझाएका छन् ।

भारतको अष्ट्राजेनिका र सिरम कम्पनीको उत्पादन कोभिशिल्ड खोप अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले प्रमाणित गरी १२ वटाभन्दा बढी देशले मान्यता दिइसकेको खोप हो । यो खोप ४ हप्ताको फरकमा २ डोज दिइन्छ ।