काठमाडौँको तापक्रम घट्यो, तराईमा हुस्सु र कुहिरो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँको तापक्रम घट्यो, तराईमा हुस्सु र कुहिरो


१४ माघ २०७७, बुधबार


काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम घटेको छ । आज विहान साढे ६ बजेको न्युनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको हो ।

दिउँसोको तापक्रम १९ डिग्री सेल्यिससम्म पुग्ने अनुमान गरिएको छ । आज तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरो लागेको छ । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

आज राती प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशको भू–भागमा आंशिक बदली रहेहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमापातको संभावना रहेको विभागले जनाएको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू–भागमा हुस्सु र कुहिरो लागेकाले चिसोबाट बच्न आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस