२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

अ+ अ-

पोखरा । पोखरा- २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले दुई साताअघि शुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’ बाट चार जोडी विजेता बनेका छन् ।

कोभिड-१९ का कारण लामो समयदेखि बन्द रहेको बञ्जीमा जोडीको आर्कषण बढाउन कम्पनीले यही माघ एकदेखि १३ गतेसम्म देशभरीबाट च्यालेन्जमा सहभागी हुन आह्वान गरेको थियो । देशभरिबाट करिब पाँच सय जनाले कपल बञ्जी च्यालेन्ज स्वीकार गरी सहभागिता जनाएको कम्पनीका पोखरास्थित शाखा प्रबन्धक दिनेश महर्जनले जानकारी दिए ।

उनले भने, ‘कोभिड–१९ का कारण बन्द बञ्जी असोज १९ देखि सञ्चालनमा आएको हो । विशेषगरी आन्तरिक पर्यटकको रोजाइँमा बञ्जी परेको छ भने जोडीको आर्कषण पनि बढिरहेको छ । हामीले यसैलाई मध्यनजर गर्दै कपल बञ्जी च्यालेन्जका लागि देशभरीबाट आह्वान गरेका थियौँ ।’ उनले ‘च्यालेन्ज एक्सेप्ट’ गरेर पाँच सय जनाले सहभागिता जनाएको र लक्की ड्र मार्फत् चार जना विजेता हुन सफल भएको बताए । हाइग्राउण्ड बञ्जी नेपालको पहिलो टावर बञ्जी र एशियामा पहिलो व्यवसायिक टेन्डम भएको उनको भनाइ छ ।

लक्की ड्र बाट काठमाडौँका आयुष शाक्य, पोखराकी प्रीति गुरुङ, बुटवलका अनुप खड्का र काठमाडौँका राजश्रीको जोडी विजेता बन्न सफल भएका छन् ।

सो अवसरमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले आन्तरिक पर्यटकलाई साहसिक खेलमा आकर्षण गर्ने यस्ता कार्यक्रम सहयोगी हुने बताए । उनले भने ‘अहिले सुस्ताएको पर्यटनलाई उकास्न एउटा आधार भनेकै आन्तरिक पर्यटक हो, पोखरा साहसिक खेलको शहर पनि भएकाले यहाँँ एडभेन्चर्स स्पोटर्स टुरिज्मको पनि प्रशस्त सम्भावना छ, यसलाई प्रवद्र्धन गर्न पर्यटक लक्षित कार्यक्रम गर्नुपर्छ ।’ उनले यस्ता पर्यटक लक्षित कार्यक्रमले पोखरा खुला र सुरक्षित छ भन्ने सन्देश दिने बताए ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले पोखरामा साहसिक गतिविधि धेरै रहेकाले साहसिक खेलमा रुची राख्नेका लागि पनि पोखरा उत्कृष्ट गन्तव्य भएको बताए । ‘कल्चर नेचर र एड्भेन्चर्स’ पोखराको विशेषता रहेकाले यसलाई प्रवद्र्धन गर्न आवश्यक रहेको उनको छ ।

प्रवन्धक महर्जनका अनुसार विजेताले पोखरा लेकसाइडको तीन तारे होटलमा एक रातको खाना र बस्नको सुविधा र टेण्डम बञ्जीको उपहार प्राप्त गरेका छन् । त्यसैगरी फेब्रुअरी १४ अर्थात प्रणय दिवसको अवसरमा पनि कम्पनीले माघ १४ गतेदेखिनै ‘गिभ अ वे’ कार्यक्रम शुरु गरेको र त्यसको नतिजा फेब्रुअरी १० मा तीन जना विजेता छानिने कम्पनीले जनाएको छ ।