कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशकले लगाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशकले लगाउने


१३ माघ २०७७, मंगलबार


काठमाडौँ । भारत सरकारले अनुदानमा प्रदान गरेको कोरोना विरुद्धको खोप भोली माघ १४ गतेदेखी देशभरका खोप केन्द्रबाट अग्रपंतिमा रहेका व्यक्तिहरुलाई लगाउने भएको छ ।

कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियान शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट सुरु गरिने भएको छ । माघ १४ गते अर्थात बुधबार १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन गर्ने अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले जानकारी दिए ।

कोरोनाविरुद्धको पहिलो खोप पनि अस्पतालका निर्देशक डा.राजभण्डारीले लगाउने छन् । यस्तै दोस्रो सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाले लगाउने छन् । त्यसपछि टेकु अस्पतालका फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई खोप लगाइनेछ ।

टेकु अस्पतालबाट एक हप्ताको अवधिमा करिब ३ हजार ५ सय फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई खोप दिइने निर्देशक डा.भण्डारीले बताए ।

बुधबार देशभरका ६२ अस्पताल र १ सय २० वटा खोप केन्द्रबाट खोप अभियान सुरु हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस