४०० रुपैँयाले उकालो लाग्यो सुन, यस्तो छ आजको भाउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

४०० रुपैँयाले उकालो लाग्यो सुन, यस्तो छ आजको भाउ


प्रशासन संवाददाता

१३ माघ २०७७, मंगलबार


काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार तोलामा ९२ हजार ४०० मा कारोवार भएको छापावाला सुन तोलामा रु ४०० ले वृद्धि भई आज मंगलबार ९२ हजार ८०० पुगेको छ ।

यस्तै तेजाबी सुन तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तोलामा रु ९१ हजार ९०० मा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा रु ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा रु ५ रुपैयाले घटेको छ । तोलामा रु एक हजार २६० मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५५ मूल्य निर्धारण भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस